रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Sep 23, 2026 - 18:13
 0  9
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

७ असाेज,रौतहट । रौतहटको परोहा नगरपालिका–८ पटेल चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला श्रीपुर ग्राम बस्ने अन्दाजी ३७ वर्षीय गोबिन्द दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो ३ः२० बजेको समयमा प्रहरी चौकी नरकटिया मोतिपुरबाट खटिएको टोलीले परोहा नगरपालिका–८ स्थित पटेल चोकमा दासलाई नियन्त्रणमा लिएको हो।

 प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि दासले पेस्तोल फालेर भाग्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिई फालिएको स्थानबाट एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

 पक्राउ परेका दास र बरामद पेस्तोलका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0