मोरङमा घरमै भरुवा बन्दुक बनाउने व्यक्ति पक्राउ, बन्दुक र निर्माण सामग्री बरामद

Oct 8, 2026 - 13:33
 0  7
मोरङमा घरमै भरुवा बन्दुक बनाउने व्यक्ति पक्राउ, बन्दुक र निर्माण सामग्री बरामद

२२ असाेज,बारा । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीमा घरमै भरुवा बन्दुक बनाई बिक्री वितरण गर्ने गरेको आरोपमा जिल्ला  प्हररी  माेरङले एक जनालाई पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा लेटाङ–७ वाराङ्गी कोलाघारीका ४५ वर्षीय पूर्ण लावती लिम्बु रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बुले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री वितरण गर्ने गरेको गोप्य सूचना पाएपछि बिहिबार  बिहान  करिब ९ः५५ बजे इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीले कानुनबमोजिम उनको घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको तयारी अवस्थाको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक तथा हातहतियार निर्माण गर्ने आरन फेला पारेको जनाएको छ।

 त्यसैगरी, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0