भोटेकोशीको बाढीले गल्छीमा चार घरमा क्षति, अन्य घर जोखिममा

Aug 30, 2026 - 08:50
 0  0
भोटेकोशीको बाढीले गल्छीमा चार घरमा क्षति, अन्य घर जोखिममा

१४ भदाै,धादिङ । आज बिहान भोटेकोशी नदीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४, चिरौदीमा चार वटा घरमा क्षति पुर्‍याएको छ। बाढीका कारण चिरौदीका अन्य घरहरू समेत जोखिममा परेका छन्।

नदीमा पानीको बहाव बढेसँगै बस्तीमा थप क्षति हुन सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन्। गल्छी गाउँपालिका–४ का वडाध्यक्ष राजु अधिकारीका अनुसार बाढीले चार घरमा क्षति पुर्‍याएको र अन्य घरहरू पनि जोखिममा रहेका छन्।

 प्रभावित क्षेत्रको अवस्था तथा थप क्षतिको विवरण संकलन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0