मोरङमा रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित दुई जना पक्राउ

Nov 9, 2026 - 11:35
 0  0
मोरङमा रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित दुई जना पक्राउ

२३ कातिक,मोरङ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरिएको छ ।

 हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आईतबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनलाई उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्रले मिलेर टाउकोमा रड प्रहार गरेका थिए ।

रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनामा प्रयोग गरिएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो ।

घटनापछि फरार रहेकी कमली बास्केलाई मंगलबार बिहान करिब ७ः३० बजे खेतमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।

 घटनाको कारण तथा हत्यासम्बन्धी अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0