धरानमा ४७ किलो विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्रीसहित तीन जना पक्राउ
२१ कातिक,विराटनगर । सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्रीसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक १० गते साँझ ६ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित तीनकुने धरान चेकपोस्टमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को.प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको हो ।
ट्रकमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलो बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको थियो ।
परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएको उक्त पदार्थको प्रतिवेदनमा ‘कम्पोनेन्ट अफ लो एक्सप्लोसिभ (गन पाउडर/ब्ल्याक पाउडर)’ अर्थात् कम क्षमताको विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् । प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारसँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0