दैलेखमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

Nov 9, 2026 - 11:04
 0  15
दैलेखमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

२३ कातिक,काठमाण्डाैं  । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिहान ८ः५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

 प्राप्त विवरणअनुसार आज बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जीप चालक कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन् ।

त्यस्तै, सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन् । कैसि सार्की विषादी सेवन गरेकी बिरामी रहेको जनाइएको छ ।

घाइते पाँचै जनाको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनालगत्तै सबै घाइतेलाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0