बिपिनकै माछा बोकेको ट्रक फेरि समातियो, आईसीपीभित्र भन्सार जाँच

Nov 7, 2026 - 16:50
 0  1
बिपिनकै माछा बोकेको ट्रक फेरि समातियो, आईसीपीभित्र भन्सार जाँच

२१ कातिक,वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा भारतबाट आयात गरिएको माछा बोकेको मिनी ट्रकका बाक्सा झारेर भन्सार अधिकृतले जाँच गरिरहेका छन्।

सशस्त्र प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको यूपी ६६ एटी ८०४७ नम्बरको उक्त मिनी ट्रकमा लोड गरिएको माछाको वास्तविक परिमाण र भन्सारमा घोषणा गरिएको विवरण भिडाएर जाँच भइरहेको छ।

उक्त ट्रक भारतबाट माछा बोकेर आईसीपी हुँदै वीरगञ्जको नगवास्थित सुरज फिस सप्लायर्सको गोदामतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

बिपिनसँग जोडिएको एक माछा ढुवानीको ट्रक यसअघि पनि भन्सार छलीको आशंकामा नियन्त्रणमा परेको थियो। यसअघि कात्तिक १८ गते नियन्त्रणमा लिएर जाँच गर्दा भन्सार घोषणाभन्दा ४४ बाक्सा अर्थात् २ हजार ६ सय ४० किलोग्राम बढी माछा फेला परेको थियो। त्यही ट्रकमा माछाको त्रिपालमुनि लुकाएर ल्याइएको प्रतिबन्धित पटाकासमेत बरामद भएको थियो।

एउटै व्यावसायिक पक्षसँग जोडिएको माछा ढुवानीमा पटक–पटक अनियमितताको आशंका देखिएपछि भन्सार जाँच र आईसीपीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0