पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरे

Nov 5, 2026 - 13:03
 0  13
पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरे

१९ कातिक,काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको मागसहित कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

 सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की अदालत पुगेका हुन् ।

 रिट दर्ता भएपछि सर्वोच्च अदालतले यस विषयमा गर्ने सुनुवाइ र आदेशले कार्कीको पुनर्बहालीसम्बन्धी मागको टुंगो लगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0