बारामा युवकको रहस्यमय मृत्यु, घटनापछि श्रीमती सम्पर्कविहीन

Nov 7, 2026 - 10:23
 0  26
बारामा युवकको रहस्यमय मृत्यु, घटनापछि श्रीमती सम्पर्कविहीन

२१ कातिक,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेका छन्।

स्थानीय ३० वर्षीय वीरेन्द्र माझीको शव शनिबार बिहान विशेष आर्थिक क्षेत्र (सेज) अन्तर्गतको खेतमा रहेको कुलोमा फेला परेको हो।

ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए। शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार घटनास्थलमा नयाँ कपडासहितको झोलासमेत फेला परेको छ।

 प्रारम्भिक अनुसन्धानका क्रममा घटनापछि मृतककी श्रीमती सम्पर्कविहीन रहेको खुलेको प्रहरीले जनाएको छ।

 घटनाको प्रकृति र कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतककी श्रीमती सम्पर्कमा नरहेको विषयलाई समेत प्रहरीले अनुसन्धानको दायरामा राखेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0