पथलैयाको जंगलमा अचेत अवस्थामा ४२ वर्षीय पुरुष फेला, पहिचान खुल्न सकेन
१९ कातिक,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकदेखि करिब एक किलोमिटर उत्तर जंगलभित्रको झाडीमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन्।
बुधबार बिहान करिब १० बजे नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४२ वर्षीय पुरुषलाई अचेत अवस्थामा फेला पारिएको हो।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी न्युरो अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
हालसम्म ती पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0