बाढीपहिरोको क्षति भयावह : १५ हजार ३२९ जना अझै बेपत्ता
१४ भदाै,काठमाडौं । पछिल्लो सरकारी तथ्यांकअनुसार बाढीपहिरोबाट भएको मानवीय क्षति भयावह देखिएको छ। हालसम्म २ हजार ५०७ जना फेला परेका छन् भने १५ हजार ३२९ जना अझै बेपत्ता रहेको अभिलेख छ।
बेपत्तामध्ये बालबालिकाको संख्या ६७६ र ज्येष्ठ नागरिकको संख्या ४०९ रहेको सरकारी विवरणमा उल्लेख छ। ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ।
यसैबीच, आज चितवनको बगर क्षेत्रमा बाढीले बगाएर ल्याएका थप शव संकलन गर्ने तयारी गरिएको छ। नदी तथा बगर क्षेत्रमा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरी बेपत्ता तथा मृतकको खोजी भइरहेको छ।
बाढीपहिरो प्रभावित विभिन्न जिल्लामा खोज, उद्धार तथा शव संकलनको काम जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
1
क्या राम्रो
0