बर्दघाटमा माइक्रोबस ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, १९ जना घाइते

Sep 4, 2026 - 08:27
 0  4
बर्दघाटमा माइक्रोबस ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, १९ जना घाइते

१९ भदाै,नवलपरासी । बर्दघाट नगरपालिका–४ स्थित मोडमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

आज बिहान करिब ३ः३० बजे भे.१ ज.१६३४ नम्बरको माइक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा.प्र.०१–००६ ख.३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए।

 घाइतेहरूलाई तत्काल उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएको थियो। सामान्य उपचारपछि उनीहरूमध्ये केहीलाई थप उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। उपचारका क्रममा सल्यान घर भएका अन्दाजी २७ वर्षीय गणेश बुढाको मृत्यु भएको छ।

जिल्ला अस्पताल परासी पठाइएका बुढालाई बिहान ४ः२४ बजे चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेका हुन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ। उनीहरूलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको छ भने सामान्य अवस्थाका घाइतेहरूको बर्दघाट नगर अस्पताल चिसापानीमै उपचार भइरहेको छ।

घाइतेहरूको विवरण : १. दाङ शान्तिनगर–४ का ३३ वर्षीय निशान्त बि.क. — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। २. दैलेख दुल्लु–७ का २३ वर्षीय निराजन खवास — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। ३. बर्दिया मधुवन–३ का ३५ वर्षीय दिलिप पाण्डे — हातमा सामान्य चोट। नगर अस्पताल चिसापानीमा उपचाररत। ४. बर्दियाकी ३४ वर्षीया मिना आले — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। ५. मुगु छायानाथ रारा–११ का २९ वर्षीय अंक दमाई — खुट्टामा चोट, अवस्था सामान्य। नगर अस्पताल चिसापानीमा उपचाररत। ६. मुगु सोरु–२ का ३१ वर्षीय जलनाथ योगी — दाहिने हातमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। ७. मुगु–११ का ३२ वर्षीय दिनेश साउद — अनुहारमा चोट, अवस्था सामान्य। नगर अस्पताल चिसापानीमा उपचाररत। ८. कैलाली मोहन्याल–७ का २१ वर्षीय मनोज बोहोरा — बायाँ हातमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको।

 ९. सल्यान बनगाड कुपिण्डे–३ का १९ वर्षीय मनिष बि.क. — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। १०. बर्दिया बाँसगढी–३ का ४१ वर्षीय तीर्थबहादुर बुढामगर — मुखमा चोट, अवस्था सामान्य। नगर अस्पताल चिसापानीमा उपचाररत। ११. बाँके नेपालगन्ज उपमहानगरपालिका–४ का २८ वर्षीय कैलाश खत्री — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको।

 १२. बर्दिया बढैयाताल–२ का २० वर्षीय कृष्णप्रसाद उपाध्याय — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। १३. दार्चुला महाकाली–१ का ३७ वर्षीय मोहन बम — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। १४. बाँके कोहलपुर–१ की २३ वर्षीया तिलु सार्की — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। १५. सुर्खेत भेरीगंगा–४ का २२ वर्षीय चन्द्र बुढा — अनुहारमा चोट, अवस्था सामान्य। नगर अस्पताल चिसापानीमा उपचाररत। १६. बर्दिया बढैयाताल–३ का २१ वर्षीय मोतिलाल रावल — अनुहारमा चोट, अवस्था सामान्य। नगर अस्पताल चिसापानीमा उपचाररत। १७. डोल्पा मुड्केचुला–१ की २१ वर्षीया करिना बुढा — अनुहारमा चोट, अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। १८. जाजरकोट नलगाड–१२ का २३ वर्षीय लोकबहादुर बोहोरा — अवस्था मध्यम। देवदह मेडिकल कलेज भलुही पठाइएको। १९. माइक्रोबस चालक बाँके कोहलपुर–२ का २१ वर्षीय हरिशंकर आचार्य — अवस्था सामान्य। प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रारम्भिक विवरणअनुसार उनले मादक पदार्थ सेवन नगरेको र अन्य कुनै समस्या नरहेको बताइएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0