नवलपुरको कावासोतीमा बस दुर्घटना हुँदा २५ जना घाइते

Nov 16, 2026 - 08:21
 0  19
नवलपुरको कावासोतीमा बस दुर्घटना हुँदा २५ जना घाइते

३० कातिक,बारा ।  नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।

 ​प्रहरीका अनुसार आज बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत लोकाहा क्षेत्रमा दुर्घटनामा परेको हो।

 चालकले बसको नियन्त्रण गुमाएपछि बस सडकमा नै पल्टिएको प्रहरीले जनाएको छ। ​दुर्घटनामा परेर बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्।

सबै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। ​दुर्घटनाग्रस्त बस हाल घटनास्थलमै रहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ

। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0