नवलपरासी पूर्वमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
१८ असाेज,नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । विनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। ट्याक्टर सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएपछि सडकबाट खसेर चालक घाइते भएका थिए।
दुर्घटनामा स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगर घाइते भएका थिए। उनलाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएको थियो।
उपचारका क्रममा आइतबार बिहान ८ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0