धादिङमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द

Sep 24, 2026 - 16:41
 0  4
धादिङमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द

८ असाेज,धादिङ । लगातारको वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि धादिङमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइएको छ।

जिल्ला प्रशासन तथा सुरक्षा निकायले सार्वजनिक गरेको सूचनाअनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको हो।

 धादिङ जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान रहेकाले बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

सम्बन्धित निकायले राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई निर्धारित समयसम्म यात्रा नगर्न तथा सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0