दोलखामा बोलेरो दुर्घटना, ८ जना घाइते
१६ असाेज,दोलखा । दोलखाको भिमेश्वर नगरपालिका–२ फुल्पास्थित कच्ची सडकखण्डमा शुक्रबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ८ बजे शुक्लाबाट चरिकोटतर्फ आउँदै गरेको बा.प्र.०१–०३५ च ००२५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बोलेरोमा सवार ८ जना घाइते भएका हुन्।
घाइतेमध्ये भिमेश्वर नगरपालिका–२ की ५५ वर्षीया कालिका तामाङको अवस्था गम्भीर रहेको छ। भिमेश्वर नगरपालिका–३ का ७० वर्षीय थालु तामाङ, भिमेश्वर–२ की ४७ वर्षीया कान्छी माया तामाङ र ५५ वर्षीया सञ्चमाया तामाङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, भिमेश्वर–२ का ५४ वर्षीय सोमबहादुर तामाङ र ६२ वर्षीया धोइ तामाङको अवस्था सामान्य छ। सोही वडाकी ६० वर्षीया कान्छी तामाङ र १३ वर्षीय पेनजङ तामाङ पनि दुर्घटनामा घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोट पठाइएको छ।
प्रहरीले बोलेरो चालक वैतेश्वर गाउँपालिका–३ का ३४ वर्षीय वृजन लामालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0