दैलेखमा अटो दुर्घटना : एकको मृत्यु, दुई घाइते
५ असोज, दैलेख । दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधबार दिउँसो १२:१० बजे पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.–०२–००१ ह १६५७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । अटोमा चालकसहित तीन जना सवार थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीलाई उपचारका लागि दुल्लु अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन् । दुवै जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0