त्रिशूली–३ ‘ए’को सुरुङमा ड्रिलिङबाट आंशिक सफलता, ‘क्राउन’ पहिचान

Aug 30, 2026 - 08:01
 0  0
त्रिशूली–३ ‘ए’को सुरुङमा ड्रिलिङबाट आंशिक सफलता, ‘क्राउन’ पहिचान

१४ भदाै,काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले बिहानैदेखि सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत उद्धार मार्ग खोल्ने प्रयास गरिरहेको छ। उद्धारका क्रममा केहीबेरअघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ।

यससँगै सुरुङभित्रको अवस्थाबारे थप जानकारी लिन क्यामेरा तथा अक्सिजन पठाउने तयारी अघि बढाइएको छ। सुरुङमा बनाइएको प्वालमार्फत क्यामेरा पठाएर भित्रको अवस्था निरीक्षण गर्ने र सम्भावित रूपमा सुरुङभित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउने प्रयास भइरहेको छ।

 आवश्यक उपकरणसमेत प्वालमार्फत भित्र पठाउने तयारी गरिएको छ। उद्धार टोलीले सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारका लागि बाटो खोल्ने कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र कोही व्यक्ति फसेको भए उनीहरूको अवस्थाबारे जानकारी लिन क्यामेरा र अक्सिजन पठाउने प्रयासलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

चुनौतीपूर्ण अवस्थाबीच प्राविधिक जनशक्ति र सुरक्षाकर्मीको टोली घटनास्थलमै खटिएर उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0