जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागूऔषध मुद्दाका अभियुक्त ७ लाख नगद र हेरोइनसहित पक्राउ

Oct 1, 2026 - 11:11
 0  4
जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागूऔषध मुद्दाका अभियुक्त ७ लाख नगद र हेरोइनसहित पक्राउ

१५ असाेज,काठमाडौं । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक अभियुक्तसहित दुई जनालाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार भारतबाट खैरो हेरोइन ल्याई काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्ने गिरोहको आपराधिक प्रोफाइलिङका क्रममा प्रहरीले लमजुङ बेँसीसहर नगरपालिका–२ का २७ वर्षीय विक्रम गुरुङलाई चन्द्रागिरि नगरपालिका–७ सतुङ्गलबाट पक्राउ गरेको हो।

गुरुङको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ७ लाख रुपैयाँ नगद बरामद भएको ब्यूरोले जनाएको छ। उनलाई थप अनुसन्धान गर्ने क्रममा भारतको सिलिगुडीबाट काठमाडौं उपत्यकामा खैरो हेरोइन ल्याई बिक्री–वितरण गर्ने भारत पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेललाई पनि चन्द्रागिरि नगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 भुजेलको साथबाट १८२ ग्राम खैरो हेरोइन बरामद भएको छ। दुवै जनाबाट गरी प्रहरीले २१० ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, ७ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरेको छ।

प्रहरीका अनुसार विक्रम गुरुङ यसअघि पनि लागूऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उनलाई २०८१ माघ २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरी जगन्नाथ देवल कारागारमा थुनामा राखिएको थियो। जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको प्रहरी अभिलेखबाट खुलेको ब्यूरोले जनाएको छ।

 पक्राउ परेका दुवै जनामाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0