चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Oct 7, 2026 - 17:05
 0  0
चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

२१ असाेज,काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

विभागको टोलीले जबरासँग सम्पर्क तथा निकट सम्बन्ध रहेको दाबी गरिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका व्यक्तिको घरमा समेत छापा मारेको हो ।

त्यसक्रममा विभागको टोली जबराको निवासमा समेत पुगेको बताइएको छ । विभागले उनीहरूसँग सम्बन्धित सम्पत्ति तथा आर्थिक कारोबारका विषयमा अनुसन्धान अघि बढाएको जनाइएको छ ।

छापा तथा अनुसन्धानका क्रममा के–कस्ता कागजात वा विवरण बरामद भए भन्नेबारे विभागले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0