भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगे, द्विपक्षीय सम्बन्धबारे छलफल हुने
१८ कातिक,काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणका क्रममा मिस्री र परराष्ट्र सचिव राईबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास भ्रमणबाट लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0