८ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंकको भल्ट र सुन सुरक्षित स्थानमा सारियो

Aug 30, 2026 - 22:29
 0  18
८ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंकको भल्ट र सुन सुरक्षित स्थानमा सारियो

१४ भदाै,काठमाण्डाैं  । नेपाल प्रहरीले करिब ८ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुङ्गे शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्त्वपूर्ण कागजातहरू सुरक्षित स्थानमा सारेको छ।

 बाढी तथा विपद्का कारण बैंक भवन जोखिमपूर्ण अवस्थामा पुगेपछि सुरक्षाकर्मीहरूले उच्च सावधानी अपनाउँदै उद्धार कार्य अघि बढाएका थिए।

जोखिमपूर्ण अवस्थामा रहेको भवनको भग्नावशेषबाट डोजर तथा अन्य उद्धार उपकरणको प्रयोग गरी बैंकको भल्ट र सेफहरू बाहिर निकालिएको हो।

उद्धारका क्रममा सुरक्षाकर्मीहरूले भल्ट तथा सेफलाई सुरक्षित रूपमा बाहिर निकाली सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। लामो समयसम्मको निरन्तर प्रयासपछि बैंकमा रहेको नगद, सुन तथा महत्त्वपूर्ण कागजात सुरक्षित गर्न सफल भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0