सिन्धुलीमा अटो दुर्घटना : गर्भवती महिलासहित ७ जना घाइते, पाँचको अवस्था गम्भीर
२१ कातिक,सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।
घाइतेमध्ये एक गर्भवती महिलासहित पाँच जनाको अवस्था गम्भीर रहेको छ । सनिबार दिउँसो करिब १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन् ।, नामथर र वतन नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, बागमती गाउँपालिका–१ निवासी १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समीक्षा पहरी, सोही स्थानका ९ वर्षीय प्रवास पहरी र ७ वर्षीया स्वस्तिका पहरी गम्भीर घाइते भएका छन् ।
त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन पनि गम्भीर घाइते भएकी छन् । ९ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको तथा उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका सबै सातै जनालाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । दुर्घटनाग्रस्त अटो भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0