आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट, पेसी कात्तिक ३० गते
ईर्साद अन्सारी
२० कातिक,काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले पेसीको मिति तोकेको छ ।
सर्वोच्च अदालत प्रशासनले शुक्रबार रिट दर्ता गर्दै आगामी कात्तिक ३० गतेका लागि पेसी तोकेको हो ।
कार्कीले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय संविधान, कानुन तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत रहेको दाबी गर्दै कार्कीले आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न अन्तरिम आदेशसहित माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0