वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Nov 18, 2026 - 21:19
 0  21
वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

२ मंसिर,काठमाडौँ । वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको (विदेशी मुद्रा अपचलन) र संगठित अपराध गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । ​

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन् । ​

नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत पदको दुरुपयोग गर्दै अमेरिकी डलर र बेलायती पाउन्ड गरी ठूलो परिमाणको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको दाबी छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रनाभाटसमेतको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गरी उनीहरूलाई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0