म्याग्दीको वनमा लुकाइएका सात थान भरुवा बन्दुक बरामद

Nov 18, 2026 - 13:26
 0  3
म्याग्दीको वनमा लुकाइएका सात थान भरुवा बन्दुक बरामद

२ मसिर,काठमाण्डाैं  । म्याग्दीको मालिका गाउँपालिका–५ मल्कवाङस्थित वनबाट प्रहरीले सात थान भरुवा बन्दुक बरामद गरेको छ ।

बुधबार बिहान ६ बजे इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा घरथोकस्थित वनमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको हो ।

प्रहरीका अनुसार बरामद गरिएका सात थान बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत रहेका छन् । बरामद गरिएका बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा ल्याएर राखिएको छ ।

 ती बन्दुक कसले र कुन प्रयोजनका लागि वनमा लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0