मोरङमा मिटरब्याज विवाद चर्किँदा खुकुरी प्रहार, केही घाइते
७ असाेज,,मोरङ । मिटरब्याजसम्बन्धी विवादका क्रममा मोरङको ग्रामथान गाउँपालिका–६ मा खुकुरी प्रहार भएको छ। घटनामा केही व्यक्ति घाइते भएका छन्।
साहु पक्षले कागजातमा सहीछाप गराएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको र अदालतको फैसलापछि घर खाली गराउने आदेश कार्यान्वयन गरिएको पीडित परिवारको आरोप छ।
त्यसपछि आफूहरू घरबारविहीन बनेको उनीहरूको दाबी छ। यसै विषयमा स्थानीय, जनप्रतिनिधि तथा सम्बन्धित पक्षबीच छलफल भइरहेका बेला विवाद उत्पन्न भएको र सोही क्रममा केही व्यक्तिमाथि खुकुरी प्रहार भएको पीडित पक्षले जनाएको छ। घाइतेहरूको उपचार भइरहेको बताइएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्रै घटनाको वास्तविक अवस्था र संलग्न व्यक्तिबारे थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0