भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो, २ हजार ७६२ जनाको उद्धार
१४ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७८८ पुगेको छ।
नेपाल प्रहरीका अनुसार आइतबार अपराह्न ३ बजेसम्म विभिन्न जिल्लाबाट ७८८ जनाको शव फेला परेको हो। बाढीबाट सबैभन्दा धेरै प्रभावित चितवनमा २६४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बाढी तथा विपद्मा फसेका २ हजार ७६२ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0