बाराको रतनपुरबाट भरुवा बन्दुक र बारुदसहित ३९ वर्षीय रुम्बा पक्राउ, पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु

Oct 7, 2026 - 07:49
 0  9
बाराको रतनपुरबाट भरुवा बन्दुक र बारुदसहित ३९ वर्षीय रुम्बा पक्राउ, पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु

२१ असाेज,बारा । निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक र बारुदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउन्ड नजिकै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय ३९ वर्षीय शम्शेर रुम्बालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ। उनको साथबाट सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुदजस्तो देखिने पदार्थ, कागजमा पोका पारेर राखिएको बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासोसमेत बरामद भएको प्रहरीले जनाएको छ।

रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0