बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

Nov 16, 2026 - 12:56
 0  8
बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

३० कातिक,धनगढी । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

सोमबार बिहान टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ स्थित हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो रिक्सा ब्रेक फेल भएर सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

 प्रहरी स्रोतका अनुसार दुर्घटनामा अटोमा सवार बुंगल नगरपालिका–१० निवासी अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको हो।

 अटोमा चार जना सवार रहेकोमा एक बालक अझै बेपत्ता छन्। उनको खोजीकार्य भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।साभार:फरक प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0