नयाँ बसपार्कमा धादिङ–काठमाडौं रुटको बसमा आगलागी
५ असाेज,काठमाण्डाैं । काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरी राखिएको धादिङ–काठमाडौं रुटको बसमा आइतबार राति आगलागी भएको छ।
आगलागीबाट बा ३ ख ५०४३ नम्बरको बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। राति करिब १० बजे पार्किङस्थलमा राखिएको बसबाट अचानक धुवाँ निस्किएपछि आगो लागेको बताइएको छ।
आगो देखिएलगत्तै घटनास्थलमा भागदौडसमेत मच्चिएको थियो। आगलागीको खबर पाएपछि दमकल, प्रहरी तथा स्थानीयवासी घटनास्थलमा पुगेका थिए।
संयुक्त प्रयासमा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिइएको जनाइएको छ। समयमै आगो नियन्त्रणमा लिइएकाले आसपास पार्किङ गरिएका अन्य सवारीसाधनमा आगो फैलिनबाट जोगिएको बताइएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। बसमा आगलागी हुनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0