तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ
१० भदाै,तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार छथर गाउँपालिका–२ मा भदौ ९ गते राति ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनामा आरोपित लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ। पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गराएको थियो।
त्यसपछि उनलाई प्रहरी हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0