जिपको ढोकाबाट खसेर ५८ वर्षीय योञ्जनको मृत्यु

Nov 23, 2026 - 15:37
 0  7
जिपको ढोकाबाट खसेर ५८ वर्षीय योञ्जनको मृत्यु

ईर्साद अन्सारी

७ मंसिर,बारा । सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।

साेमबार  बिहान ९:३० बजे कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपबाट खसेर ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ बन्दीपुर निवासी योञ्जन जिपको ढोकाको लक समातेर बसेका बेला अचानक लक खुलेपछि सडकमा खसेर घाइते भएका थिए।

घाइते उनलाई सोही जिपमा राखेर उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा बिहान ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। 

घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामे निवासी २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0