छठघाटमा पूजा सामग्री कुरेर बसेका ६० वर्षीय वृद्ध मृत फेला, मृत्यु शङ्कास्पद
ईर्साद अन्सारी
३० कातिक,बारा । धनुषामा छठघाटमा पूजा सामग्री कुरेर बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव छठघाटमा मृत फेला परेका हुन्। उनी गए राति छठपूजाका लागि तयार पारिएको घाटमा पूजा सामग्री कुरेर एक्लै बसेका थिए।
प्रहरीका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा यादव मृत अवस्थामा फेला परेका हुन्।
उनको गालामा चोटको निशान र रगतसमेत देखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति शङ्कास्पद देखिएकाले प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0