कुलगाममा आतङ्कवादी आक्रमण, तीन सीआरपीएफ जवान घाइते
२५ कातिक,काठमाण्डाैं । भारतको जम्मु–कश्मीरस्थित कुलगाम जिल्लामा आतङ्कवादी आक्रमण हुँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का तीन जना जवान घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार (नोभेम्बर ११) कुलगामको अखरान क्षेत्रमा आतङ्कवादीहरूले सीआरपीएफ टोलीमाथि गोली प्रहार गरेका थिए।
आक्रमणपछि सुरक्षा बलले घटनास्थल आसपासको क्षेत्र घेराबन्दी गरी खोजी अभियान सुरु गरेका छन्। घाइते जवानहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।
आक्रमणकारी पक्राउ परे वा नपरेको विषयमा पनि थप आधिकारिक जानकारी आउन बाँकी छ।फाेटाे टाईम्स अफ ईन्डिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0