कावासोती बस दुर्घटना अपडेट : घाइते ३३ जनाकै पहिचान खुल्यो, बसमा ४१ जना सवार
३० कातिक,बारा । नवलपरासी पूर्वको कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते हुनेहरूको संख्या ३३ पुगेको छ।
दुर्घटनामा परेका सबै घाइतेहरूको पहिचान खुलेको छ। धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस आज बिहान अन्दाजी ६:४० बजेको समयमा चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो।
शुरुमा २५ जना घाइतेको मात्र विवरण प्राप्त भएकोमा हाल खोजी तथा उद्धारपश्चात बसमा जम्मा ४१ जना सवार रहेको र घाइतेको एकिन संख्या ३३ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उद्धार तथा उपचार अवस्था दुर्घटनामा घाइते भएका ३३ जनामध्ये १ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्य ३२ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।
दुर्घटनाका चालक, जिल्ला कैलाली लम्कीचुवा नगरपालिका–१० बस्ने ४७ वर्षीय ठग्गराम डगौरा थारूलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको छ।
दुर्घटनामा घाइते हुनेहरूको नामावली:
१. जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं. ११ बस्ने वर्ष ३९ को शिवदत्त राना
२. जिल्ला दार्चुला मालिकार्जुन गा.पा. वडा नं. २ बस्ने वर्ष ३२ को केशव धामी
३. ऐ.ऐ. बस्ने निजको छोरी वर्ष ९ की प्रतिक्षा धामी
४. जिल्ला दार्चुला लेकम गा.पा. वडा नं. ५ बस्ने वर्ष ३४ को दयाकृष्ण जोशी
५. जिल्ला दार्चुला मार्मा गा.पा. वडा नं. २ बस्ने वर्ष १४ की नविना भट्ट
६. जिल्ला बैतडी डिलाशैनी (दौगडा केदार) न.पा. वडा नं. ५ बस्ने वर्ष ७८ की धाना चन्द
७. निजको छोरा ऐ.ऐ. बस्ने वर्ष ३९ को प्रेम बहादुर चन्द
८. जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. १० बस्ने वर्ष ३७ को डम्वर बहादुर माली
९. जिल्ला डडेल्धुरा अजयमेरु गा.पा. वडा नं. ३ बस्ने वर्ष ३२ को महेश पाण्डे
१०. जिल्ला दार्चुला दुहु गा.पा. वडा नं. ४ बस्ने वर्ष २० को रोहीत लोथेल
११. जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. २ बस्ने वर्ष १९ की खेमा मल्ल
१२. निजको दिदी ऐ.ऐ. बस्ने वर्ष २८ की शोभा मल्ल
१३. जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा नं. ४ बस्ने वर्ष २० की जेनी राना
१४. जिल्ला डोटी शिखर न.पा. वडा नं. ११ बस्ने वर्ष ३० को बसन्त बलायर
१५. जिल्ला अछाम चौरपाटी गा.पा. वडा नं. २ बस्ने वर्ष १७ को अमित साउद
१६. जिल्ला बैतडी पुर्चौडी न.पा. वडा नं. १ बस्ने वर्ष ३१ को राजेन्द्र जोशी
१७. निजको श्रीमती ऐ.ऐ. बस्ने वर्ष ३० की भागरथी जोशी
१८. निजको छोरी वर्ष २ की रेणुका जोशी
१९. जिल्ला धनुषा मुखियापट्टी मुसहरमिया गा.पा. वडा नं. ५ बस्ने वर्ष १८ को भानु यादव
२०. जिल्ला दार्चुला लेकम गा.पा. वडा नं. ५ बस्ने वर्ष २८ को रमेश जोशी
२१. निजको भतिजी ऐ.ऐ. बस्ने वर्ष ७ की श्रूती जोशी
२२. जिल्ला बैतडी मेलौली न.पा. वडा नं. २ बस्ने वर्ष २१ को महेश बि.सी.
२३. जिल्ला डडेल्धुरा नवदुर्गा गा.पा. वडा नं. ३ बस्ने वर्ष ४२ को डम्वरसिंह साउद
२४. जिल्ला डडेल्धुरा अमरगढी न.पा. वडा नं. ४ बस्ने वर्ष ४० की गिता कठाएत
२५. जिल्ला डडेल्धुरा अमरगढी न.पा. वडा नं. ४ बस्ने वर्ष २० की रक्षा कठाएत
२६. जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं. २ बस्ने वर्ष २२ की चाँदनी खत्री
२७. जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं. ४ बस्ने वर्ष २० की जानु चौधरी
२८. जिल्ला डडेल्धुरा भागेश्वर गा.पा. वडा नं. ३ बस्ने वर्ष २० की पुष्पा भाट
२९. ऐ.ऐ. बस्ने वर्ष २३ की पवित्रा रावल
३०. जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. वडा नं. २ बस्ने वर्ष २५ की प्रिया साउद
३१. जिल्ला डोटी सिलगढी न.पा. वडा नं. १० बस्ने वर्ष १८ को अंकित यादव
३२. जिल्ला डोटी सिलगढी न.पा. वडा नं. १० बस्ने वर्ष २४ की ज्योती बुडाल
३३. निजको भाइ ऐ.ऐ. बस्ने वर्ष १५ को धिरज बुडाल रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0