काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद

Nov 28, 2026 - 14:44
 0  9
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद

१२ मंसिर,काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंमा ८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण गर्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो।

 चेकजाँचका क्रममा बाख्रीको करिब ५६७ किलो मासु बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा ८ जनालाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौं टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई काठमाडौं टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुर महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई काठमाडौं बागबजार बस्ने २६ वर्षीय सनम तामाङ र सोही ठाउँका २२ वर्षीय राजु लामा रहेका छन्।

 त्यस्तै काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौं मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि नियन्त्रणमा परेका छन्।

प्रहरीले नियन्त्रणमा लिइएका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले यसबारे जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0