प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग्ने पाँच जना काठमाडौंमा पक्राउ

Nov 29, 2026 - 12:32
 0  9
प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग्ने पाँच जना काठमाडौंमा पक्राउ

१३ मंसिर, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको भन्दै एक व्यक्तिलाई मुद्दा नचलाइ छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो। उनलाई भेट्न पुगेका भाइसँग आफूहरू प्रहरी निरीक्षक भएको बताउँदै दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ माग गरिएको थियो।

उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएका थिए। रकम दिन अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।

 प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0