जुम्लामा झारफुक गरेर निको पार्ने भन्दै भाइरल भिडियोमा देखिएका कालीबहादुर पक्राउ
१२ मंसिर,जुम्ला । झारफुक गरेर बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन्।
जुम्लाको गुठिचौर गाउँपालिका–१ निवासी अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै भिडियोमा देखिएका सोही स्थानका अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सनिबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको प्रहरी टोलीले कालीबहादुरलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोप्रति चासो बढिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाको वास्तविकता र संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0