इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
ईर्साद अन्सारी
१२ मंसिर,इटहरी । सुनसरीको इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट इटहरी–२० तरहरा शान्ति टोल निवासी ८२ वर्षीय भीमबहादुर खत्रीको मृत्यु भएको हो।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले सडकमा रहेका खत्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
प्रहरी चौकी तरहराबाट खटिएको टोलीले घाइते खत्रीलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्याएको थियो। तर, चिकित्सकले शनिबार बिहान ६ः२३ बजे उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0