राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
११ मंसिर,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग भेटवार्ताका लागि सभापति लामिछाने शुक्रबार शीतल निवास पुगेका थिए । भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ ।
यसअघि सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग करिब पाँच घण्टा लामो छलफल गरेका थिए ।
प्रधानमन्त्रीसँगको लामो छलफलपछि राष्ट्रपति पौडेलसँग भएको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
भेटका विषयवस्तुबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0