बिर्तामोडबाट १८ ग्राम बढी ब्राउन सुगरजस्तो पदार्थ र १३ लाख ३९ हजार नगदसहित महिला पक्राउ

Nov 29, 2026 - 12:24
 0  8
बिर्तामोडबाट १८ ग्राम बढी ब्राउन सुगरजस्तो पदार्थ र १३ लाख ३९ हजार नगदसहित महिला पक्राउ

१३ मंसिर, झापा । झापाको बिर्तामोडबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध तथा १३ लाख ३९ हजार रुपैयाँ नगदसहित एक महिला पक्राउ परेकी छन्।

 ​जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ बिर्तामोड नगरपालिका–५ जिराइत टोलबाट ३६ वर्षीया पार्वता राजवंशीलाई पक्राउ गरेको हो।

 ​मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई बिर्तामोड–५ मा कोठा भाडामा बस्दै आएकी राजवंशीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा प्लास्टिकसहित २२ ग्राम २७० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

 ​प्रहरीले उनको कोठा खानतलासी गर्दा लागूऔषध लतपतिएको छुरी एक थान, कैँची एक थान, डिजिटल तराजु एक थान, नेपाली नगद १३ लाख ३९ हजार रुपैयाँ, एउटा साधारण मोबाइल र एउटा भिभो स्क्रिन टच मोबाइल बरामद गरेको छ।

​पक्राउ परेकी राजवंशीलाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0