राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन्द्र शाह

Nov 27, 2026 - 15:35
 0  12
राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन्द्र शाह

११ मंसिर,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

 प्रधानमन्त्री शाह केहीबेरअघि राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

भेटमा सरकारले थप अध्यादेश ल्याउने तयारी तथा राष्ट्रपतिबाट जारी हुन बाँकी रहेका अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ।

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।

एकै दिन प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले राष्ट्रपतिसँग भेट गरेपछि राजनीतिक वृत्तमा चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0