काठमाडौंमा ८ किलो ३२० ग्राम गाँजासहित २७ वर्षीय युवक पक्राउ, पोल्याण्डजस्तो देखिने पदार्थ पनि बरामद

Nov 29, 2026 - 11:34
 0  5
काठमाडौंमा ८ किलो ३२० ग्राम गाँजासहित २७ वर्षीय युवक पक्राउ, पोल्याण्डजस्तो देखिने पदार्थ पनि बरामद

ईर्साद अन्सारी

१३ मंसिर,काठमाडौं । काठमाडौंमा ८ किलो ३२० ग्राम लागूऔषध गाँजा र पोल्याण्डजस्तो देखिने करिब १०० ग्राम पदार्थसहित एक युवक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १२ गते दिउँसो करिब ४:१० बजे काठमाडौं महानगरपालिका–८ तिलगंगास्थित आँखा अस्पतालको पार्किङ नजिक साइकलमा शंकास्पद रूपमा झोला बोकेर हिँडिरहेका धादिङको धुनिबेसी नगरपालिका–८ घर भई काठमाडौंको कोटेश्वर बस्ने २७ वर्षीय रक्की अधिकारीलाई प्रहरीले चेकजाँच गरेको थियो।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनको साथबाट १ किलो गाँजा फेला पारेपछि थप सोधपुछ गर्दा कोठामा समेत गाँजा रहेको खुलेको थियो। त्यसपछि कोठामा गरिएको खानतलासीका क्रममा थप ७ किलो ३२० ग्राम गाँजा र पोल्याण्डजस्तो देखिने करिब १०० ग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

 प्रहरीले उनको साथबाट चार पोका पोल्याण्डजस्तो देखिने पदार्थ, एक थान सामसुङ मोबाइल, एक थान साइकल र ५ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ।

 पक्राउ परेका अधिकारीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0