आईजीपीमा पुनर्बहाली मागेका दानबहादुर कार्कीलाई सर्वोच्चबाट तत्काल राहत मिलेन
२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्कालका लागि सर्वोच्च अदालतबाट राहत मिलेको छैन।
आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी नगरी विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।
यद्यपि, सर्वोच्च अदालतको आदेश सार्वजनिक भइसकेको छैन। सबै विपक्षीले लिखित जवाफ पेस गरेपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ।
त्यसपछि मात्रै कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्ने मागसम्बन्धी रिटको थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0