४ राउण्ड हवाई फायरपछि १५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
१५ भदाै,परासी । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१ बाट प्रहरीले १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतबाट खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहविरुद्ध निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार भदौ १५ गते भारतीय मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई प्रहरीले शंका लागेर रोक्न खोज्दा उनीहरू नरोकी भागेका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप ४ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
खानतलासी गर्दा भारत उत्तर प्रदेश महाराजगञ्ज, सेखंलीका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र निचलोनका २७ वर्षीय दिपक श्रीवास्तवको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल र भारतीय नम्बर UP 56 AH 6189 को एउटा मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0