३३ लाख रुपैयाँसहित इभी कार नियन्त्रणमा, प्रमुख प्रशासकीय अधिकृत पक्राउ
१६ कातिक,काठमाण्डाैं । कारमा ३३ लाख रुपैयाँ नगद भेटिएपछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन्।
आयोगको टोलीले उनलाई सोमबार नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको हो। नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई आयोगको टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर खानतलासी गरेको थियो।
उक्त कारमा घिमिरेका भाइ नाता पर्ने भुवन ढुङ्गेल र उनकी श्रीमतीसहित चालक सवार थिए। खानतलासीका क्रममा कारभित्र ३३ लाख रुपैयाँ नगद फेला परेपछि आयोगले कारमा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि घिमिरेलाई पनि कार्यालयबाट नियन्त्रणमा लिएर घटनास्थल पुर्याइएको जनाइएको छ। बरामद रकम घिमिरेले घुसबापत लिएको र व्यवस्थापनका लागि ढुङ्गेलमार्फत पठाएको अख्तियारको दाबी छ। तर घिमिरेले भने आफूले घुस नलिएको बताएका छन्।
घटनाबारे मुचुल्का तयार गर्ने काम भइरहेको र आयोगको थप अनुसन्धानपछि रकमको स्रोत तथा घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0