एभरेस्ट फाइबर सिमेन्ट बोर्डका इन्जिनियरको मृत्यु, उद्धारमा ढिलाइ भएको साथीको दाबी
१६ कातिक,बारा । रौतहटस्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योगमा कार्यरत मेकानिकल इन्जिनियर रमेश चौधरीको निधन भएको छ।
उद्योगमा दुर्घटनामा परेका चौधरीलाई बाराको बहुवरीस्थित एलएस न्युरो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
चौधरीका साथी मुकेश यादवका अनुसार दुर्घटनापछि उद्योगमा बिरामीलाई अस्पताल लैजानका लागि आफ्नै गाडी नभएका कारण करिब एक घण्टापछि मात्र उनलाई अस्पताल पुर्याइएको थियो।
दुर्घटनालगत्तै उपचारका लागि अस्पताल लैजान ढिलाइ भएको विषयले उद्योग व्यवस्थापनको जिम्मेवारी र आपत्कालीन उद्धार व्यवस्थामाथि प्रश्न उठाएको छ।
चौधरीलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जानकारी प्राप्त भएको थियो।
घटनापछि उद्योगका म्यानेजिङ डाइरेक्टर (एमडी) घटनास्थलमा उपस्थित नभएको तथा फोन र इमेलमार्फत सम्पर्क गर्न भनिएको उनले बताए । घटनाको वास्तविक कारण, दुर्घटनाको प्रकृति र घाइतेलाई अस्पताल पुर्याउन भएको ढिलाइबारे सम्बन्धित उद्योग व्यवस्थापनको आधिकारिक धारणा आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0