१६ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

Nov 2, 2026 - 17:06
 0  9
१६ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

१६ कातिक,धनगढी । कर्तव्य ज्यान मुद्दामा संलग्न भई १६ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाही रहेका छन् ।

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शाही २०६७ पुस २८ गते भएको कर्तव्य ज्यान घटनापछि फरार रहेका थिए । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको छ ।

पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0