रौतहटमा उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

Nov 2, 2026 - 18:38
 0  8
रौतहटमा उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

१६ कातिक,राैतहट  । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योगमा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

 मृत्यु हुनेमा महोत्तरीको मनरासिसवा नगरपालिका–३ सनौल निवासी ३० वर्षीय रमेश चौधरी रहेका छन्। सोमबार बिहान करिब ११ः३० बजे उद्योगमा रहेको थ्री स्टेसन मेसिनमा काम गर्ने क्रममा उनी अचानक च्यापिएर गम्भीर घाइते भएका थिए।

 दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो १ बजेर ६ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरका प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

 त्यस्तै, इलाका प्रहरी कार्यालय सन्तपुरबाट समेत चार जनाको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ।

उद्योगमा काम गर्ने क्रममा भएको दुर्घटनाको कारण, मेसिन सञ्चालनमा भएको सम्भावित कमजोरी तथा श्रमिक सुरक्षाका मापदण्ड पालना भए–नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0